काठमाण्डु - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीनको १० दिने भ्रमण सकाएर भण्डारी सोमबार स्वदेश फर्किएकी हुन् । चीन भ्रमणको क्रममा उनलाई चिनियाँ सरकारले उच्च सम्मान दिएको थियो । उनलाई नेपालको वरिष्ठ वामपन्थी नेताको हैसियतमा चीनका उच्चपदस्थ नेताहरूले सम्मान प्रदान गरेका थिए । चिनियाँहरुले भण्डारीलाई नेपालका वामपन्थीहरुलाई एकताबद्ध गर्नसमेत सुझाव दिएका समाचार छन्…