काठमाण्डु – गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा फसेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री समेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्री समेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा,…