युवतीको सुन्दरतामा फस्दा ‘हनी ट्रयाप’ ! नाङ्गो तस्वीर खिचेर घर–जग्गाको ‘बार्गेनिङ’

काठमाण्डु – युवतीको सुन्दरतामा फस्ने व्यक्तिहरूलाई होटलमा बोलाएर नाङ्गो तस्वीर खिची ‘हनी ट्रयाप’मा पारेर पैसा असुलेको आरोपमा २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिलाई फसाएर होटलमा बोलाएर अश्लील भिडियो र तस्वीर खिचेर ती युवतीले घर–जग्गा माग्नेसम्मको बार्गेनिङ गर्ने गरेको पाइएको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाण्डु महानगरपालिका–५ बस्ने…