काठमाण्डु-भारतको उडिसा राज्य राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली छात्राको मृत्यु भएपछि विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले तथ्य खोजी समिति गठन गरेको छ । इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) का पूर्वउपकुलपति नागेश्वर रावको अध्यक्षतामा चार सदस्यीय समिति बनाइएको छ । समितिलाई १० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन भनिएको छ…