सिंहदरबारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाण्डु – सत्तारुढ दलका प्रमुख शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ । बिहीबार साँझ दुवै नेताहरूबीच समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा सरकारको स्थायित्व, दलहरूको भूमिकाबारे आपसी बुझाइ…