मःमः पसल सिलिण्डर विस्फोट : थप १ जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

काठमाण्डु-काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ…