काठमाण्डु – आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान (बजेट) वक्तव्य संघीय संसद्को संयुक्त बैठकमा सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमान स्वीकृत गरेपछि संसद् बैठकमा बजेट प्रस्तुत सुरु भएको हो ।