काठमाडौँ । सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शुक्रबार बसेको १८औँ वार्षिक साधारणसभाले अध्यक्षमा टेक लिम्बुलाई सर्वसम्मत रूपमा चयन गरेको हो । साधारणसभाले उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यमा तमलाल भुसाल, श्रीचन्द्र तण्डुकार, देउप्रसाद लिम्बु, खुसमाया श्रेष्ठ र भागीमाया थामसुहाङलाई निर्वाचित गरेको छ । संस्थाले तीन सदस्यीय लेखा तथा…