अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० गतेदेखि ललितपुरमा हुने

काठमाण्डु – महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तीकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २०–२२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो । यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी…