काठमाण्डु- लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सहमत भएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टलाई १८औँ गभर्नर बनाउन सहमत भएका हुन् । यससँगै भट्टको नाम गर्भनरमा आएपछि बिचौलिया र स्वार्थसमूहले गर्भनरका लागि गरिरहेको…