गण्डकीमा चिनियाँ दूतावासले सुरु गर्‍यो स्मार्ट कक्षा

काठमाण्डु-नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको छ । नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन प्रमुख कदमको रूपमा लिएको दूताबासले जनाएको छ । हुवावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिक रूपमा…