निजी क्षेत्रको खस्केको मनोबल उकास्‍ने बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाण्डु – अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको खस्केको मनोबल उकास्नेगरी बजेट ल्याएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले भने, ‘निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याएका छौँ ।’ अर्थमन्त्री पुनले करका दरहरू सचेत भएर चलाएको बताए । ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य…