पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर विकास गरिने

काठमाण्डु – सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैंचा करिडोरका रूपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । मन्त्री पुनले सार्वजनिक निकायले नेपाली गलैंचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए । प्रदेश…