काठमाण्डु – सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख रुपैयाँ रहेको पाइएको छ । मन्त्री पुनले तलबभत्ता र भ्रमणभत्ता बापत प्राप्त सम्पत्ति एनएमबी बैंक पुल्चोक शाखाको खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको जनाएका छन् । पैतृक सम्पत्ति रोल्पा नगरपालिका–७ मा ८२० वर्गमिटर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ…