वेइजिङमा अर्थमन्त्रीले भेटे चिनियां उपप्रधानमन्त्री, काठमाडौं–केरुङ रेलमार्ग अघि बढाउन सहमति

वेइजिङ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री दिङ सुसियांगबीच भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री पौडेलले दुई सरकार र नेताहरुबीच भएका सहमतिलाई समयसीमाभित्रै कार्यान्वयनमा ल्याउन सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ । दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धको प्रशंसा गर्दै भेटमा चिनियां उपप्रधानमन्त्री दिङले नेपाल र चीनबीच आपसी हितका लागि…