काठमाण्डु- काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८०/८१ ) का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ। आइतबार उपमेयर सुनिता डंगोलले उक्त बजेट सार्वजनिक गरेकी हुन्। बजेट वक्तव्यअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।…