काठमाडौं– नेपाली सेनाको सैनिक कल्याणकारी कोषले सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कोषले महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो योजना अघि सारेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कल्याणकारीलाई सबै तह लाभान्वित हुने गरी परिचालन गर्ने बताउंदै आएका…