काठमाण्डु - लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ । आउँदो बुद्वजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने…