काठमाण्डु - राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको विभागको महानिर्देशक रहेका नवराज ढुंगानालाई हटाएर पर्यटन मन्त्रालयमा रहेका बुढालाई ल्याइएको हो । ढुंगानालाई कलकत्ताको महावाणिज्य दूत बनाएर पठाउने सरकारको तयारी छ । बुढा माओवादी निकट कर्मचारी हुन् । उनि माओवादीले सम्हालेका मन्त्रालयमा लाभको पदमा बस्दै आएका छन्…