‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

म्याग्दी- बेनी नगरपालिका-४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतबारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन्। धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन्। घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन…