काठमाण्डु – सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकआपसमा गाभिएर सोमबारदेखि एलएस क्यापिटलको नाममा नेपालको विशाल मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबार सुरु भएको छ । एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि समस्त ग्राहकलाई थप सशक्त रूपमा सेवासुविधा उपलब्ध गराउने…