चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स

काठमाण्डु- चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशतले बढी हो ।…