बुधबार नेप्से ओरालो लाग्यो

काठमाण्डु - साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि-ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । सोमबार एकाएक सुधार देखिएको शेयरमार्केट त्यसयता घट्न पुगेको छ । बैंकहरुको ब्याजदर पुष महिनामा घट्न नसक्ने हल्लाले गर्दा पनि शेयरबजार प्रभावित बन्न पुगेको…