हालसम्म कति रकम जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ?

काठमाण्डु- गएको शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँका प्रभावितहरुको राहतको लागि रकम उठ्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक रुपमा आव्हान गरेपछि सहयोग रकम उठ्न थालेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्ममा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको जनाइएको छ । सोमबार अपराह्नसम्म…