जेनजी आन्दोलनमा आगजनी र डकैती गरेको भन्दै एनसेलले गर्‍यो उजुरी दर्ता

काठमाण्डु– भदौ २४ गते ‘जेनजी’ आन्दोलनको आवरणमा अपराधी समूहले काठमाण्डुको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा ठूलो मात्रामा तोडफोड, आगजनी र डकैती गरेका छन्। कम्पनीको सम्पत्तिमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेपछि एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाण्डुमा आधिकारिक उजुरी दर्ता गराएको छ। उजुरीमा तोडफोड र डकैतीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन, लुटिएका…