दुई महिनामा ४१ अर्ब बढीको डिजेल, पेट्रोल र ग्यास भित्रियो

काठमाण्डु - चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो। सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार…