आठ महिनामा २८ अर्ब बढीको सुन नेपाल भित्रियो

काठमाण्डु- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८…