काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि…