काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात सैनिक…