सरकारको घोषणाः विपन्नलाई १० हजार र दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता

काठमाण्डु – सरकारले विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन गुमाएर अनौपचारिक एवं असंगठित क्षेत्रका विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका…