हिमाली च्यांग्रा पहाड र तराईका मुख्य बजारमा

बागलुङ - दसैं नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्यांग्रा बजार झारिरहेका छन्। १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्। मुस्ताङका किसानले उत्पादन गरेको च्यांग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन्। यतिबेला सडक छेउछाउमा बाक्लै च्यांग्राका बथानहरू भेटिन्छन् । सडकमै…