काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयले मैनालीलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई अध्यक्षको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिवसमेत हुन् ।