नयाँदिल्लीबाटै प्रधानमन्त्री ओली-मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गरेपछि आइसिपी सञ्चालनमा

वीरगञ्ज- भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गरेपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ । नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गरे । उद्घाटन…