एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

काठमाण्डु – एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकताअनुसार विभिन्न विषयहरु कुनै पनि समयमा सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ, जसअन्तर्गत विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्नेछन् । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियान अन्तर्गत…