काठमाण्डु – अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष पुष्पराज ढुंगानालाई स्पष्टिकरण सोधेको छ । बिहीबार मन्त्रालयले अध्यक्ष ढुंगानालाई निष्कासन हुन लागेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर आचारसंहिता र कानून विपरीत हात पारेको विषयमा स्पष्टिकरण सोधेको हो । उनले छोरीको नाममा निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको विषयमा चासो…