भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्ला,चारवटा एकीकृत बस्ती विकासको योजना स्वीकृत

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुल्ला भएको छ । प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले पारित गरेको कार्यविधिमा पुरातत्व महत्व रहेका सय वर्ष भन्दा पुराना तथा…