काठमाडौं - कुमारी बैंक लिमिटेडले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङ्गबोचेमा एटिएम सुविधा सुचारू गरेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर (चार हजार चार सय दश मिटर) उँचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उँचाइमा रहेको एटिएम हो…