सुनको मूल्य एकैदिन तीन हजारले घट्यो

काठमाडौं – निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा तीन हजारले घटेको छ । बिहीबार ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ…