प्याजको मूल्य घट्यो

काठमाडौं – नेपाली बजारमा प्याजको मूल्य घटेको छ । भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि नेपाली बजारमा प्याजको मूल्य घट्न थालेको हो । भारतीय बजारमा प्याजको मूल्य घटेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको कालिमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । केही समयअघि प्याजको मूल्य २ सय ५० रुपैयाँसम्म पुगेको थियो ।…