काठमाडौं – आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य एक हजार बढेर शुक्रबार तोलामा ७४ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ…