काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ । दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी,…