मुग्लिन–पोखरा सडक चार लेन बनाउन एडीबीले दियो साढे २२ अर्ब ऋण

काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रूपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको…