काठमाण्डु- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक स्थगित भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा स्थगित भएको हो । सरकारले…