काठमाण्डु– याम्बालिङ हाइड्रोपावरले आजदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रूपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड रूपैयाँ बराबरको प्रतिसेयर १००…