काठमाण्डु– साताको कारोबारको दोस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सामान्य बढेको छ । यस दिन नेप्से ५ अंकले बढेर परिसुचक २७८८ विन्दुमा पुगेको छ। मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको १०५ पटकको कारोबारमा ४७ लाख ९३ हजार ७३९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४८२ कित्ता सेयर खरिदबिक्री भएको छ।