काठमाडौं– उपत्यकामा झण्डै २० किलोमिटर क्षेत्रमा मेट्रोरेल गुडाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को तयारी थालिएको छ। रेल विभागका अनुसार तीनमध्ये एउटा खण्डको डिपिआर र बाँकी दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको हो। आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए। त्यसका लागि…