काठमाण्डु - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ७५औं जन्मदिन बुधबार विशेष कार्यक्रमसहित मनाउँदै छन् । सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् । मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस परियोजनाले हजारौं युवालाई…