पेरिसबाट बंगलादेश फर्किएका युनुसको वाचा : ‘केही महिनाभित्रै चुनाव गराउँछु’

काठमाण्डु – नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बिहीबार बंगलादेशको ढाका फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडपछि युनुसको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । पेरिसबाट दुबई हुँदै ढाका पुगेका युनुसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको रूपमा शपथ लिने कार्यक्रम छ ।…