विदेशी विद्यार्थीको कोटा अझै घटाउने क्यानडियन प्रधानमन्त्रीको घोषणा

काठमाण्डु–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने अनुमति अझै घटाउने घोषणा गरेका छन्। प्रधानमन्त्री ट्रुडोले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अर्को वर्षसम्ममा अनुमति अझै घटाउने घोषणा बताएका हुन् । उनले लेखेका छन्, ‘हामीले यसै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ३५ प्रतिशत कम अनुमति दिइरहेका छौँ अर्को वर्ष यो थप १० प्रतिशतले घटाइनेछ।’ उनले आप्रवासनले देशको अर्थतन्त्रलाई फाइदा भइरहेको…