सिरियाको दोस्रो ठूलो सहर एलेप्पो विद्रोहीहरूको कब्जामा

काठमाण्डु-सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन् । यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण हो । विद्रोहीहरूले सन् २०१६ पछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन् । सरकारी सुरक्षा बलहरूले विद्रोही समूह हयात…