यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना

न्युयोर्क- न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ को राष्ट्रपति निर्वाचनका उमेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिका निम्ति क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उल्लेख गरेका छन् ।…